+
+

बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते १७:३९

२१ कात्तिक, काठमाडौं। बागलुङको निसीखोला गाउँपालिका-६मा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

बुधबार दिउँसो साढे ४ बजेतिर रूकुम पुर्वबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४१४ नम्बरको बस निसिखोला-६को जाउलेपानीमा बस दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक बहादुर केसीले बताए ।

डीएसपी केसीका अनुसार बस दुर्घटनामा घाइतेमध्‍ये ४ जना माध्यम र अरू सामान्य घाइते भएका छन् । उनीहरू सामान्य उपचारपछि घर फर्किइसकेको डीएसपी केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?