+
+

‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने, नेपाल रिलिज २९ फागुनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते १७:१२

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अन्जिला’ नेपालमा २९ फागुनदेखि प्रदर्शनमा आउने भएको छ ।

एन्जिलाले पोस्टर सार्वजनिक गर्दै उक्त मितिमा फिल्म प्रदर्शनमा आउने उल्लेख गरेकी छन् । त्यसअघि यो फिल्मलाई २३ मंसिर (८ डिसेम्बर)मा हङकङमा वर्ल्ड प्रिमियर गरिने भएको छ ।

प्रिमियरमा एन्जिला र निर्देशक मिलन चाम्स सहभागी हुने जनाइएको छ । हङकङपछि फिल्मलाई बेलायत, अमेरिका, अस्ट्रेलिया र जापानमा स्क्रिनिङ गरिने निर्माता प्रेम श्रेष्ठले जनाए ।

फिल्मको शीर्ष भूमिकामा सुब्बा आफैं देखिएकी छन् । यसबाहेक सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङले पनि अभिनय गरेका छन् ।

एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको छ । निर्देशक चाम्सले यो फिल्मले फरक प्रकारको प्रभाव छोड्ने विश्वास व्यक्त गरे । फिल्ममा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव छैन भन्ने सन्देश दिन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?