२४ कात्तिक, काठमाडौं । चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामग्री प्रदान गरेको छ ।
ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्य सचिव अञ्जना श्रेष्ठलाई शनिबार पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरे ।
स्पोर्ट्स साइन्स रिसर्च ल्याबका लागि सामग्री र खेल सामाग्री प्रदान गरिएको राखेप सदस्यसचिवको सचिवालयकी सुलोचना सिजाख्वाले जनाएकी छन् ।
प्रतिक्रिया 4