+

एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा छ : पारस खड्का

२०८१ कात्तिक  २६ गते १६:०३ २०८१ कात्तिक २६ गते १६:०३
एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा छ : पारस खड्का

२६ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएका छन् ।

प्रतियोगिताबारे सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्यानका सचिव खड्काले एनपीएलको पहिलो संस्करण अन्तराष्ट्रियस्तरको गरेर सबैको ध्यान तान्न चाहेको बताए ।

यसले सरकारको पनि ध्यानाकर्षण हुने र लगानी बढ्नसक्ने भन्दै खड्काले भने, ‘हाम्रो इच्छा भनेको दोस्रो सस्करण फ्लडलाइटमा गर्ने हो । फ्लडलाइटमा नेपाल क्रिकेट संघ वा नेपाल सरकारले लगानी गर्छ भन्ने आगामी संस्करणसम्म अनुमान होला !’

सचिव खड्काका अनुसार क्यानले गरेको अध्ययनमा फ्लोड लाइटका लागि ३० करोड रुपैयाँ लाग्ने देखिएको छ । सरकारमा भएकाहरुसँग कुरा गर्दा ३० करोड केही होइन भन्ने जवाफ पाएपनि अहिलेसम्म हुन नसकेको उनले बताए ।

क्रिकेट संघको आयोजनामा पहिलो संकरणको एनपीएल मंसिर १५ देखि ६ पुससम्म हुने तय भएको छ । सरकारले त्रिवि मैदानमा फ्लोड लाइट जडान गर्ने निर्णय गरेको छ, तर अपेक्षाअनुसार काम भएको छैन ।

एनपीएल फ्लडलाइट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय