+

एनपीएल खेल संस्कार बसाउने प्रयास हो :  पारस खड्का

२०८१ कात्तिक  २६ गते १८:०७ २०८१ कात्तिक २६ गते १८:०७
एनपीएल खेल संस्कार बसाउने प्रयास हो :  पारस खड्का

२६ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) खेल मात्र नभएर एउटा खेल संस्कार बसाउने प्रयास पनि रहेको बताएका छन् ।

एनपीएलको विषयमा सोमबार क्यानले आयोजना गरेको ‘मिडिया इन्टर्‍याक्सन प्रोग्राम’मा पारसले खेल संस्कर अघि बढाउने विचारका साथ अघि बढेको बताए । ‘अहिले हामीले गर्न लागेको लिग प्रतियोगिता मात्र नभएर देशमै खेल संस्कार बसाल्नुपर्छ भन्ने सोचर अघिबढेका छौँ ।‘ एनपीएल गभर्निङ काउन्सिको संयोजक समेत रहेका खड्काले भने ।

गभर्निङ काउन्सिलमा क्यान कोषाध्यक्ष पदम बहादुर खड्का र क्यान सदस्य सुदिप शर्मा सदस्य छन् ।

पहिलेको प्रेन्चाइज लिगहरु आयोजना हुने त्यसपछि सकिने गरेको भन्दै पारसले यसपटक फ्रेन्चाइज लिग मार्फत दिर्घकालिन रुपमा सबैलाई समेट्ने गरी अघि बड्ने योजना रहेको बताए ।

‘अहिले जुन नामहरु आएका छन् । कर्णाली याक्स, काठमाडौंगुर्खाज, विराटनगर किंग्स देखि सुदूरपश्चिम रोएल्ससम्म छन् । भविष्यमा हाम्रो चाहना के हो भने पहिले लिग हुनुथ्यो । एउटाले जित्थ्यो । हार्थ्यो । दर्शक आउँथ्यो । म्याच सकिन्थ्यो,’ उनले भने, ‘अहिले हामीले के गरेका छौँ भने क्यान अन्तर्गत रहेको जिल्ला र प्रदेशलाई संघसँग त्यो ठाउँको फ्रेन्चाइजलाई जोड्ने प्रयास गरेका छौँ । एनपीएलमा आबद्ध सम्पूर्ण फ्रेन्चाइजलाई आ-आफ्नो एकेडेमी स्थापना गर्ने अधिकार पनि छ ।’

 एनपीएल सुरु नहुँदै यसमा ५० करोड भन्दा माथि लगानी देखिसकेको छ भने यसमा अझ बढ्न सक्ने छ । यस्तोमा हरेक फ्रेन्चाइजले ५ करोड भन्दा बढीको खर्च गर्दैछ ।  ।

उनले भने,’ हरेक फ्रेन्चाइजले ५ करोड भन्दा बढीको खर्च गर्दैछ । तर त्यसको प्रतिफल तत्काल आउदैन । यसलाई दिगो रुपमा अघि बढाउने र ३-४ वर्षपछि मात्र फ्रेन्चाइजलाई आर्थिक लाभ हुँदैन भनेर भनेका छौँ ।’

क्यानले पहिलो पटक यति ठूलो लगानी र धेरै टिम समावेश गरेर फ्रेन्चाइज लिग गर्न लागेको हो । मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडदंमा हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

पारस खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय