+
+

भक्तपुरमा हातखुट्टा बाँधिएको अवस्थामा एक वृद्धाको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते ११:३५

२९ कात्तिक, काठमाडौं । भक्तपुरमा एक वृद्धा हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, भरतपुरका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका-३, दरबारस्क्वायर इछुगल्लीकी ९४ वर्षीय विष्णुकुमारी त्वयना छिन् ।

त्वयनाको शव बुधबार साँझ ५ बजेको समयमा आफ्नै घरमा फेला परेको परिसरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । उनको शव आफू सुत्ने कोठामा कपडाले दुबै खुट्टा एकै ठाँउमा बाँधिएको अवस्थामा मृत्त फेला परेको उनले बताए ।

शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट, भक्तपुर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको नेउपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?