+

गर्भावस्थाको पाँचौं महिना कस्तो हुन्छ ?

२०८१ कात्तिक  ३० गते ११:४९ २०८१ कात्तिक ३० गते ११:४९
गर्भावस्थाको पाँचौं महिना कस्तो हुन्छ ?

गर्भावस्थाको पाँचौं महिनामा गर्भमा रहेको बच्चाले हलचल गर्न थाल्छ । जसले आमालाई मीठो नौलो अनुभूति दिन्छ । बच्चाको तीव्र रुपमा भइरहेको विकासले यो महिनामा हल्का दुखाइ र असहज हुनसक्छ । जुन सामान्य हो ।

पाँचौं महिनाको अन्त्यसम्म गर्भावस्थाको आधा समय पार भइसकेको हुन्छ । यो महिनादेखि महिलाले बढी आराम गर्नुपर्छ ।

गर्भावस्थाको पाँचौं महिना १८ देखि २२ साताको बीचको समय हो । यो समयमा पाठेघरको आकार खर्बुजाको आकारमा बढ्दै जान्छ । सम्भवतः यो समय शरीरको तौल पनि बढ्ने हुँदा लुगा पनि खुकुलो र पहिलेको भन्दा ठूलो लगाउनुपर्ने हुन्छ ।

पेटको आकार बढेसँगै अङ्गहरू माथितर्फ धकेलिन्छ । जसकारण छाती पोलेको जस्तो पनि अनुभव हुनसक्छ । पेटको दबाब मूत्रथैलीमा पनि पर्ने हुँदा पटक-पटक पिसाब लाग्न सक्छ ।

लक्षण के कस्तो रहन्छ ?

– थप थकान महसुस हुनसक्छ ।

– यस अवधिमा पेटको दुखाइ, खुट्टा सुन्निने र तल्लो ढाडमा दुखाइ हुनसक्छ ।

– कब्जियतको समस्या ।

– गिजाबाट कमजोर हुनसक्छ ।

– यस अवधिमा धेरै महिलालाई सास फेर्न समस्या हुनसक्छ ।

– सेतो पानी बग्ने समस्या ।

– हर्मोनल परिवर्तनका कारण महिलाले तनाव र चिन्तित महसुस गर्न सक्छन् ।

– महिलाको नाकबाट रगत बग्ने पनि हुनसक्छ ।

– महिलाहरूलाई पहिलेको तुलनामा धेरै भोक लाग्न सक्छ ।

पाँचौ महिनामा बच्चाको विकासको गति

– यस अवधिमा बच्चा १३ देखि २५ सेन्टिमिटर अग्लो हुन सक्छ । साथै, बच्चाको वजन २०० देखि ३०० ग्रामसम्म हुनसक्छ ।

– बच्चाको मांसपेशी र हड्डी बाक्लो हुन्छ । जसकारण उनीहरुको हात, खुट्टा र औंलाहरु पूर्ण रूपले पनि बन्छन् ।

– गर्भावस्थाको पाँचौं महिनामा बच्चाको कपाल, कान, नङ लगायत अङ्ग बन्न थाल्छ ।

– बच्चाको मस्तिष्क र प्रतिरक्षा प्रणालीको विकास लगातार हुँदा बच्चा दिनप्रतिदिन सक्रिय हुन्छ ।

– बच्चा चलेको महसुस उसले गरेको हलचल पेट बाहिरै पनि देख्न सकिन्छ । जसलाई लात हानेको पनि भन्ने गरिन्छ ।

– यदि बच्चा छोरा हो भने उसको अण्डकोष विकास हुन्छ । छोरी हो भने गर्भाशय विकास हुन्छ । यही समयमा उसको निश्चित अण्डा पनि बन्न थाल्छ ।

कुनकुन परीक्षण गर्नुपर्छ ?

एनोमली स्क्यान : यो एक सोनोग्राफी परीक्षण हो । यसले बच्चाको विकास कस्तो भइरहेको छ देखाउँछ । कुनै असामान्य लक्षण छ भने पनि पत्ता लाग्छ ।

क्तचाप र मधुमेह : यो महिनामा मधुमेह र रक्तचाप बढ्न सक्छ । त्यसैले एक पटक चिकित्सकले परीक्षण गर्न सक्छन् ।

फेटल इको यो परीक्षणबाट बच्चाको मुटुको अवस्था कस्तो छ भनेर जानकारी मिल्छ ।

के खाने ?

गर्भावस्थामा सन्तुलित खानेकुरा खान सकिन्छ । जसमा फलफूल, हरियो सागपात, ड्राइफ्रुट्स, सम्पूर्ण अन्न, प्रोटिन, डेरी उत्पादन, माछा मासु र प्रशस्त झोलिलो खानेकुरा र पानी खानुपर्छ । यी सबै खानेकुरा कति खाने ? भन्ने कुरा चिकित्सकलाई सोध्नु उपयुक्त हुन्छ ।

फोलिक एसिडसँगै, क्याल्सियम र आइरनको सप्लिमेन्टको सेवन अनिवार्य गर्नुपर्छ ।

सावधानी

– भारी वस्तुहरू नउठाउने

– बायाँ छेउमा नसुत्ने

– पेटलाई टेकेर नसुत्ने

– काँचो खानेकुरा र समुन्द्री खानेकुरा नखाने

– मदिरा सेवन र धुम्रपान नगर्ने

– सडक अवरुद्ध भएको स्थानमा नजाने

– तनाव नलिने र तनावपूर्ण वातावरणमा नबस्ने

– लामो समयसम्म बसेर वा उभिएर काम नगर्ने

व्यायाम

गर्भावस्थाको पाँचौं महिनामा हल्का खालका व्यायाम गर्नु उपयुक्त हुन्छ ।

घर वरपर घुमफिर गर्ने, योग प्रशिक्षकको सहायतामा र चिकित्सकको सल्लाहमा योग गर्न सकिन्छ । दैनिक हल्का क्रियाकलाप गर्न सकिन्छ । तर भारी काम भने गर्न हुँदैन ।

श्रीमान र परिवारको साथ आवश्यक

गर्भावस्थाको समय अलि चुनौतीपूर्ण पनि हुन्छ । यसबेला बढी भावुक हुने र मुड स्विङ भइराख्ने हुँदा गर्भवती महिलाको कुरा सुन्ने, सल्लाह दिनेजस्ता शारीरिक र मानसिक रुपमा श्रीमानको साथ अति आवश्यक हुन्छ ।

श्रीमान र परिवारको हेरचाह तथा हरेक उतारचढावमा साथ मिल्दा सुरुवाती महिनादेखि प्रसूतिको समयसम्म नै जटिलता कम हुन सक्छ । आफूलाई राम्रो लाग्ने केही सिर्जनशील कुरामा व्यस्त गराउने, साथीहरुसँग भेटघाट गर्ने, घुम्न जानेजस्ता कुराले गर्भावस्थामा खुसी मिल्न सक्छ, जसले सन्तान र आमा दुवैको स्वास्थ्यलाई राम्रो बनाउँदै लैजान्छ ।

गर्भावस्था डा. सविता थापा

धेरै कमेन्ट गरिएका

डा. सविता थापा
लेखक
डा. सविता थापा
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. थापा भरतपुरस्थित वात्सल्य नेचुरल आइभिएफ सेन्टरमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१७९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कान कराउने समस्यालाई हल्का नलिऔं (भिडियो)

कान कराउने समस्यालाई हल्का नलिऔं (भिडियो)

युवामा बढ्दैछ मधुमेहको समस्या, बच्न के गर्ने ? (भिडियो)

युवामा बढ्दैछ मधुमेहको समस्या, बच्न के गर्ने ? (भिडियो)

बालबालिकामा मधुमेहको जोखिम कति ?

बालबालिकामा मधुमेहको जोखिम कति ?

मधुमेहको जोखिम कसलाई बढी ?

मधुमेहको जोखिम कसलाई बढी ?

सेतो योनीस्राव हुनु सामान्य हो ?

सेतो योनीस्राव हुनु सामान्य हो ?

जाडोमा ओठ किन फुट्छ, कसरी बच्ने ?

जाडोमा ओठ किन फुट्छ, कसरी बच्ने ?