२९ कात्तिक, काठमाडौं । फोटोपत्रकार रजेन्द्र केसीको १३ औं दिनको पूण्यतिथिमा फोटो पत्रकारहरूले शोक सभा तथा दीप प्रज्वलन गरेका छन् ।
केसीको १३ औं दिनको पूण्यतिथिमा फोटोपत्रकार क्लब (पिजे क्लब) ले पत्रकार महासंघको प्राङ्गणमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा फोटोपत्रकार तथा पत्रकारहरूले दीप प्रज्वलन गरी केसीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
शोक सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, नेपाल पत्रकार महासंघ लेखा समितिका अध्यक्ष लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, खेलाडी संघका अध्यक्ष बिक्रम लामा, एआईपीएस एसियाका कोषाध्यक्ष निरन्जन रजवंशी, खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष महेश आचार्य, खेलकुद पत्रका मंचका महासचिव प्रज्वल वली, परिवारका तर्फबाट वरिष्ठ फोटोपत्रकार विकास रौनियार, एफएनजे उपत्यका प्रदेशका महासचिव टेनिस रोक्का, र एफएनजे ललितपुरका सचिव रामहरी कार्की लगायत फोटोपत्रकार क्लबका सदस्यहरू सहभागी थिए ।
उनीहरूले पत्रकार केसीको तस्वीरमा माल्यार्पण र दीप प्रज्वलन गर्दै आत्माको चीर शान्तिको कामना गरेका थिए ।
शोकसभामा फोटोपत्रकारहरूले आफ्नो क्यामरा डाउन गर्दै केसीको सम्मानमा श्रद्धासुमन व्यक्त गरेका थिए ।
दुई दशकसम्म राजधानी दैनिक, अन्नपूर्ण पोस्ट लगायत विभिन्न सञ्चार गृहमा फोटो पत्रकारिता गरेका केसी पछिल्लो ६ वर्षदेखि अमेरिकामा थिए ।
उनको निधनले नेपाली फोटोपत्रकारिता क्षेत्रले एक ऊर्जाशील र समर्पित व्यक्तित्व गुमाएको क्लबका पूर्वअध्यक्ष विकास कार्कीले बताए ।
मेटास्टेटिक म्यालिग्नन्ट प्यानक्रियाटिक क्यान्सरको उपचारका क्रममा केसीको कात्तिक १७ गते निधन भएको थियो ।
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4