+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अनलाइनखबर ५० प्रभावशाली महिलाको मनोनयन खुला 

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते १५:५४

४ मंसिर, काठमाडौं । अनलाइनखबरले ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘५० प्रभावशाली महिला २०८१’ को सूची सार्वजनिक गर्ने भएको छ । यसका लागि अनलाइनखबरले मंगलबार मनोनयन खुला गरेको छ ।

‘अनलाइनखबरले हरेक वर्ष ८ मार्चमा नेपाली राजनीति, समाज, संस्कृति, खेलकुद, ज्ञानविज्ञान आदि क्षेत्रका महिलाको अर्थपूर्ण उपस्थितिलाई सार्वजनिक मञ्चमै गणना हुने विषय बन्न सकोस् भनी ५० प्रभावशाली महिलाको सूची तयार गर्दैछ’ मनोनयनका लागि गरिएको आह्वानमा उल्लेख गरिएको छ ।

‘५० प्रभावशाली महिला कार्यक्रम अनलाइनखबरको एउटा यस्तो पहल हो जसले ८ मार्चको अवसर पारेर नेपालका ५० सबैभन्दा प्रेरणादायी/प्रभावशाली महिलाहरूलाई पहिचान र सम्मान गर्नेछ’ अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँलेले भने, ‘उनीहरू आफ्नो क्षेत्रमा महत्वपूर्ण प्रभाव छोड्ने गरी काम गरेका परिवर्तनकर्ता महिलाहरू हुनेछन् । यो प्रयत्न महिलाहरूको संघर्ष, सशक्तीकरण, साधना, प्रतिभाको महोत्सव पनि हो ।’ 

अनलाइनखबरले गत वर्ष पनि ५० प्रभावशाली महिलाको सूची प्रकाशन गरेको थियो । ‘यस वर्ष पाठक/श्रोता/दर्शकले गर्नुभएको मनोनयनबाट प्राप्त नाम र हाम्रो समाचार कक्षका सहकर्मी, विभिन्न सरोकारवाला तथा स्रोतहरूले दिनुभएको सूचनामा आधारित रहेर हामी प्रारम्भिक सूची बनाउनेछौं,’ गाउँलेले भने, ‘उपलब्ध प्रारम्भिक सूचीलाई हामीले निर्णायक अर्थात् छनोट समितिसमक्ष पेश गर्नेछौं । उहाँहरूको छनोट तथा सिफारिसमा आधारित भएर ५० प्रभावशाली महिलाहरूको अन्तिम सूची ८ मार्चमा सार्वजनिक गर्नेछौं ।’

मनोनयन गर्ने समय मंसिर २६ साँझसम्म तोकिएको छ । 

मनोनयन गर्न यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?