+
+

काभ्रेको मानव कल्याण सेवा समाजको घरमा एक जना मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते ९:१५

९ मंसिर, काठमाडौं । काभ्रेको धुलिखेलमा रहेको मानव कल्याण सेवा समाज घरमा सुतेकी एक जना महिला मृत भेटिएकी छन् ।

करिब ३५ की माइली मानव मगर नाम गरेकी महिला शनिबार राति आफैं सुत्ने ओछ्यानमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी सोही घरमा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार ती महिलालाई भक्तपुरको सुर्यबिनायक नगरपालिका-७ गुण्डु बाट २०७६ चैत १० गते बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेर त्यहाँ राखिएको पाइएको छ ।

मृतकको शव शनिबार राति करिब एक बजे पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?