+
+

ज्यानसम्बन्धी कसुरका २ अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १६:१८

१० मंसिर, काठमाडौं । ज्यानसम्बन्धी कसुरका दुई अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ घर भइ टोखा नगरपालिका–९ गोंगबु बस्ने २९ वर्षीय याम न्यौपाने र सोही ठाउँ घर भई गोंगबु नै बस्ने २४ वर्षीय अनिल बुढा छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध सीताकुमारी शाहीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन् । पक्राउ परेका दुबैजनालाई सुर्खेत पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?