+
+

सहकारी ठगी प्रकरणमा इन्सपेक्टर निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते १९:३४

११ मंसिर, काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो ।

पुराना घटनामा फरार सूचीमा रहेकाहरुलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त, स्वयम्भूले आफ्नै प्रहरी निरीक्षक अकौलिया पनि फरार सूचीमा रहेको फेला पारेको थियो । त्यसपछि उनलाई गएको ४ मंसिरमै जिल्ला अदालत, काठमाडौंमा बुझाएको थियो । अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

तर, हालसम्म उनीलाई प्रहरीले निलम्बनमा राखेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले अनलाइनखबरलाई बताए । प्रहरीका अनुसार, मारुती बचत तथा ऋण सहकारी संस्थाको सदस्यका रुपमा उनीविरुद्ध २०८० भदौमा जाहेरी परेको थियो । पछि मुद्दा दर्ता भएर अदालत पुगिसक्दा पनि उनी हाजिर भएका थिएनन् ।

एक अधिकृतका अनुसार, सहकारीको विगो दाबी रकम पनि थोरै भएकाले आरोपीहरुले यो प्रकरणमा मिलापत्र गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?