+
+

नक्कली शैक्षिक प्रमाणपत्र भेटिएको भन्दै अहेब विरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिकामा कार्यरत अहेब रमेश बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १३:४७

१४ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिकामा कार्यरत अहेब रमेश बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

अनुसन्धानको क्रममा अहेब बोहराले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएको पुष्टि हुन आएकोले आरोप पत्र दायर गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

आयोगका अनुसार उनीविरुद्ध शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै आवश्यक छानबिनका लागि उजुरी परेको थियो ।

बोहराले काउन्सिल फर टेक्निकल इजुकेसन एन्ड भोक्यासनल ट्रेनिङ, अफिस अफ द कन्ट्रोलर अफ इक्जामिनेस, भक्तपुरबाट जारी भएको कम्युनिटी मेडिसिन एसिस्टेन्ट तहको झुट्टा/नक्कली मार्कसिट र प्रमाणपत्रहरू पेस गरी परशुराम नगरपालिका-८ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ११ भदौ २०७७ मा अहेब तहमा नियुक्त भई हालसम्म बहाल रहेको देखिन आएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?