+
+

कीर्तिपुरको धकेलाधकेलमा दुई जना प्रहरी पनि घाइते, एकको अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १५ गते १८:१९

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न त्रिवि मैदान पुगेका दर्शकसँग धकेलाधकेलपछि भएको झडपका क्रममा दुई जना प्रहरी जवान पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार दिउँसो जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीचको खेल हेर्न पुगेका दर्शकबीच धकेलाधकेल हुँदा केहीबेर झडपको अवस्था सिर्जना भएको थियो ।

सो क्रममा संघीय संसद् सुरक्षा बेस, नयाँ बानेश्वरमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय तामाङ र २८ वर्षीय दानबहादुर राउत घाइते भएका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार कीर्तिपुरमा शनिबार ३८४ जना प्रहरीको टोली खटिएको थियो ।

प्रहरी जवान तामाङको कीर्तिपुर अस्पतालमा सामान्य उपचार पछि अहिले वीर अस्पताल रिफर गरिएको थियो । त्यहाँबाट उनलाई बाँसबारीस्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

तामाङको अवस्था गम्भीर रहेको जानकारी गराउँदै प्रहरीले उनी बोल्न नसक्ने अवस्थामा रहेको बताएको छ । उनको टाउकोमा चोट लागेको छ ।

त्यस्तै, अर्का जवान राउतको पनि कीर्तिपुर अस्पतालमा सामान्य उपचारपछि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको छ । उनको अनुहार, टाउको र घाँटीमा चोट लागेको छ । राउत भने बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?