१६ मंसिर, काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको हकप्रद सेयरमा आइतबारदेखि आवेदन खुलेको छ । कम्पनीले ५० प्रतिशत अर्थात् १ सय बराबर ५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड छ । हकप्रद निष्कासनपछि ७५ करोड थप हुनेछ । हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । प्रभु बैंकका विभिन्न शाखा तथा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।
हकप्रद निष्कासनबाट प्राप्त रकमबाट माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाको ऋण रकम ५५ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्ने, सो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम १५ करोड ३२ लाख रुपैयाँ भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।
यो आयोजनाको प्रतिमेगावाट लागत नै २५ करोड २५ लाख रुपैयाँ छ । यसको डिस्काउन्टेड लगानी फिर्ता अवधि २७.४९ वर्ष छ । बाँकी ४ करोड २४ लाख रुपैयाँ कम्पनीद्वारा प्रवर्द्धित लोदोखोला साना जलविद्युत् आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको छ ।
त्यति मात्रै होइन, लिबर्टी इनर्जी अहिले पनि नोक्सानीमा भएको कम्पनी हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनी पनि नोक्सानीमा छ । कम्पनीले पहिलो त्रैमासमा ३ करोड ६३ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । पहिलो त्रैमासमा मात्रै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४२ पैसा ऋणात्मक छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ ५० पैसा छ ।
प्रतिक्रिया 4