
२३ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका–८ प्रदीपनगर डाँडामा लु ३ त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय चालक रामकृष्ण कुर्मीको मृत्यु भएको हो ।
रुपन्देहीको मायादेवी–६ स्थित बाबा इँटा उद्योगबाट तिलोत्तमा–११ गणेशनगरमा इँटा पुर्याइ फर्किने क्रममा आज बिहान साढे ६ बजे अनियन्त्रित भई घरको भित्तामा ठोक्किँदा चालक कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डीएसपी मदन पौडेलले जानकारी दिए ।
ट्याक्टरमै च्यापिएको अवस्थामा फेला परेका उनलाई लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पुर्याइएको थियो । चिकित्सकले उनलाई बिहान ८ बजे मृत घोषणा गरेको डिएसपी पौडेलले जानकारी दिए ।
दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय मंगलपुरबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको कमान्डमा ५ जनाको टोली र प्रहरी चौकी महुवारीबाट प्रहरी सहायक निरीक्षक रुक्मागत घिमिरेको कमाण्डमा २ जनाको टोली खटिएको थियो ।
प्रतिक्रिया 4