+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भ्रष्टाचारमुक्त प्रदेश बनाउन सरकार क्रियाशील : मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री आचार्यले सुशासनयुक्त र भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा सरकार क्रियाशील रहेको पनि बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १५:३६

२४ मंसिर, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिज्ञ र कर्मचारी इमान्दार भए मात्र भ्रष्टाचार रोकिने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा उनले सबै नीतिको माउ नीति राजनीति भएकोले यो स्वच्छ र पारदर्शी हुन सके मात्र भ्रष्टाचार नियन्त्रण हुने बताए ।

मुख्यमन्त्री आचार्यले सुशासनयुक्त र भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा सरकार क्रियाशील रहेको पनि बताए ।

सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त प्रदेश निर्माणको संकल्पलाई पूरा गर्न सरकार दृढ रहेको उनले बताए ।

‘राजनीतिककर्मीहरू, जो नीति निर्माण गर्ने थलोमा छौं, त्यो नीति निर्माण गर्ने थलोमा भएका र कार्यान्वयन गर्ने तहमा रहेका हामी सबैले मन, बचन र कर्मले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्प लिने हो भने भ्रष्टाचार अन्त्य गर्न सकिन्छ,’ उनले भने, ‘राजनीति गर्नेसँगै कर्मचारी समेत इमानदार बन्दा भ्रष्टाचार अन्त्य भई सुशासन कायम गर्न सकिन्छ ।’

लुम्बिनी प्रदेश सरकारले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना, २०८१ तयार गरी आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्म लागु हुनेगरी रणनीतिक योजना तयार पारिएको उनले बताए ।

सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही एवं पारदर्शी बनाउन प्रदेश सुशासन ऐन, २०७६ कार्यान्वयनमा रहेको उनले जानकारी गराए ।

भ्रष्टाचारको जोखिम क्षेत्रको रूपमा यातायात सेवा अन्तरगत सवारी चालक अनुमति, सवारी दर्ता, नवीकरण, सार्वजनिक खरिद, निर्माण, सुधार, मर्मत, परामर्श सेवा, आयोजनाको अध्ययन, अनुसन्धान, डीपीआर तयारीको काम, यातायात र मालपोत क्षेत्रबाट राजस्व चुहावट लगायत पहिचान गरिएको मुख्यमन्त्री आचार्यले औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?