+
+

राजस्व प्रशासनका समस्या गम्भीर रूपमा हेरिरहेका छौं : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले राजस्व प्रशासनमा रहेका समस्यालाई गम्भीर रूपमा हेरिरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १४:१४
विष्णुप्रसाद पौडेल

२६ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्व प्रशासनमा रहेका समस्यालाई गम्भीर रूपमा हेरिरहेको बताएका छन् ।

संसदको अर्थ समितिमा बुधबार आयोजित छलफलमा अर्थमन्त्री पौडेलले राजस्व परिचालनमा अघिल्लो वर्षको तुलनामा राम्रो वृद्धि भएको बताए ।

गत वर्ष पहिलो चार महिनामा ३ प्रतिशतले मात्र राजस्व बढेकोमा अहिले १६/१७ प्रतिशत हाराहारी पुगेको बताए । ‘यो यत्तिकै जरुरी भएको होइन, साझा प्रयासमा सम्भव भएको हो,’ उनले भने, ‘राजस्व प्रशासनभित्र कुनै पनि प्रकारको चुहावट, अनियमितता रोक्न सरकारले सघन ढंगले काम गरिरहेको छ ।’

द्रुत गस्ती टोलीदेखि संयन्त्र परिचालन गरिएको उनको भनाइ छ । यद्यपि, सरकारका प्रयास सम्पूर्ण रूपमा सफल भने नभएको उनले स्वीकारे । धेरै बिग्रिएको अवस्थाबाट दुरुस्त गर्नुपर्ने भएकाले यसमा समय लागेको उनको भनाइ छ ।

‘३ प्रतिशतको वृद्धिबाट १६ प्रतिशत पुग्नु उल्लेखनीय सुधार हो, यद्यपि, यसमै चित्त बुझाएर बस्नु हुँदैन,’ उनले भने, ‘बजेट निर्माण गर्ने समयमा सुरुमा बजेटको आकार बनाएर त्यसको भार राजस्वमा पार्दा त्यसको असर लक्ष्य पूरा गर्न ३०÷३१ प्रतिशत वृद्धिमा जानुपर्ने अवस्था छ ।’

सरकारले राख्ने लक्ष्य नै धेरै महत्त्वाकांक्षी रहेको उनले स्वीकार गरे । ‘यो लक्ष्य पूरा गर्न सक्दामात्र बजेटको सन्तुलनमा रहने हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?