+
+

चिनियाँ नागरिकको कोठाबाट १० लाख चोरी आरोपमा एक जना पक्राउ

चिनियाँ नागरिकको कोठाबाट ९ लाख ९० हजार रुपैयाँ चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १८:५०

२६ मंसिर, काठमाडौं । चिनियाँ नागरिकको कोठाबाट ९ लाख ९० हजार रुपैयाँ चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२ बेलडाँडीका ५६ वर्षीय अरुण भनिने रामभक्त श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनको आँपटारीबाट पक्राउ गरेको हो ।

गत ८ साउनमा बौद्ध टुसालमा रहेको ल्हासा गेस्टहाउसमा सञ्चालित चाइनिज इन्टरप्राइजेज इन्कुवेसन सेन्टर प्रालिमा रहेको चिनियाँ नागरिकको छि युआन योङको कोठाबाट चोरी गरेको आरोप छ ।

उनीविरुद्ध यसअघि १५ माघ २०७१ मा प्रहरी वृत्त नयाँ बानेश्वरबाट, ५ माघ २०७१ मै परिसर काठमाडौंबाट र ७ भदौ २०७३ मा परिसर काठमाडौंबाटै चोरीको कसुरमा मुद्दा चलेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?