+

राष्ट्रिय फ्रि स्टाइल रोलर स्केटको छनोट चरण सम्पन्न

२०८१ मंसिर  २९ गते २३:४१ २०८१ मंसिर २९ गते २३:४१
राष्ट्रिय फ्रि स्टाइल रोलर स्केटको छनोट चरण सम्पन्न

२९ मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको राष्ट्रिय फ्रि स्टाइल रोलर स्केट प्रतियोगिता अन्तर्गतको तेस्रो राष्ट्रिय फ्रि स्टाइल रोलर स्केट प्रतियोगिता २०८१ अन्तर्गत पहिलो दिन शनिबार छनोट चरणका खेलहरु सम्पन्न भएका छन् ।

काठमाण्डौको गल्फुटार स्केटपार्कमा भएको राष्ट्रिय प्रतियोगितामा पहिलो दिन २५० जना पुरुष र १५० जना महिला खेलाडीहरुको छनोट चरणका खेल सम्पन्न भयो ।  प्रतियोगिता दुई दिन चल्ने छ ।

पुरुष र महिला तर्फ खुल्ला फ्रि स्टाइल रोलर स्केट प्रतियोगिता अन्तर्गत प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजारनगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताका विजेतालाइ दक्षिण कोरीयामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोलर डारबी प्रतियोगितामा सहभागी गराइने छ ।

बुढानिलकण्ठ नगरपालिका, गल्फुटारमा रहेको गल्फुटार स्केटपार्कमा राष्ट्रिय फ्रि स्टाइल रोलर स्केट प्रतियोगिता—२०८१ सम्पन्न हुनेछ । रोल्लर स्केट खेल अन्तर्गत फ्रि स्टाईल विधामा जिकज्याक विधा खेलाईने आयोजक संघले जनाएको छ ।

फ्रि-स्टाइल रोलर स्केट राष्ट्रिय फ्रि स्टाइल रोलर स्केट रोलर स्केट स्केट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय