+

यू-१९ महिला एसिया कपको समूह चरणमा नेपाल अपराजित

२०८१ पुष  २ गते १६:४१ २०८१ पुष २ गते १६:४१
यू-१९ महिला एसिया कपको समूह चरणमा नेपाल अपराजित

२ पुस, काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले अपराजित रहँदै सुपर फोर खेल्ने भएको छ ।

मंगलबार भएको खेलमा नेपालले भारतसँग अंक बाँडेपछि नेपाल समूह चरणमा अपराजित रहेको हो । समूह चरणको दोस्रो खेलमा वर्षा बाधक बनेपछि नतिजा नआउँदा नेपाल र भारतले अंक बाँडेका हुन् ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८-० को अवस्थामा खेल्दा पानी परेपछि खेल रोकिएको थियो । खेल त्यसपछि सुरू हुन सकेन र नतिजा नआएपछि अंक बाँडेका हुन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएकी थिइन् ।

नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको थियो । पाकिस्तान भारतसँग पनि पराजित भएको थियो ।

नेपाल समूह बी मा दोस्रो स्थानमा रहेर सुपर फोरमा प्रवेश गरेको हो । भारतसँग अंक बराबर भएपनि नेटरनरेटमा नेपाल केही पछि पर्यो ।

अब सुपर फोरमा भारत र नेपालसँगै श्रीलंका र बंगलादेश खेल्ने छन् । शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

यू-१९ महिला एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय