 
																			८ पुस, काठमाडौं। जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई छन्। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
हलवाईले नेपालगंज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रूपैयाँ ठगी गरेको आरोप छ।
पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4