+

स्युचाटार क्रिकेट लिग सुरु : किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित

२०८१ पुष  १२ गते २०:२३ २०८१ पुष १२ गते २०:२३
स्युचाटार क्रिकेट लिग सुरु : किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित

१२ पुस, काठमाडौं । तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिता सुरु भएको छ। लिगअन्तर्गत पहिलो दिन सम्पन्न ६ वटा खेलहरुमा किंग्स क्रिकेट एकेडेमी, हसनटार युथ क्लब, स्टुडियो सेभेन र चक्रवर्ती ल कलेज र नवज्योति युवा परिवार विजयी भएका छन्।

काठमाडौँको स्युचाटार स्थित तारकेश्वर युवा क्लबको इन्डोर खेल मैदानमा सुरू भएको प्रतियोगिताको उद्घाटन नेपाल सरकारका पूर्व अर्थमन्त्री प्रकाश शरण महत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले ब्याटिंग र बलिंग गर्दै उद्घाटन गरेका थिए ।

आज सम्पन्न पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत हसनटार युथ क्लबले चक्रवर्ती कलेजलाई १ विकेटले पराजित गर्यो। ७२ रनको लक्ष्य पाएको हसनटारले ८.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो। जितमा प्लेयर अफ द म्याच घोषित हसनटारका श्रीकृष्ण उपाध्यायले अविजित २६ रन बनाउनुको साथै १ विकेट लिए।

आजको दोस्रो खेलमा समुह ‘बी’ अन्तर्गत स्टुडियो सेभेनले टिम रेन्सुलाई १६ रनले पराजित गर्यो। ४७ रनको लक्ष्य पछ्याएको टिम रेन्सुले ७.२ ओभरमा अलआउट हुँदै ३० रन मात्र बनायो। प्लेयर अफ द म्याच घोषित स्टुडियो सेभेनका बिनम क्षेत्रीले ४ विकेट लिए।

आजको तेस्रो खेलमा समुह ‘ए’ अन्तर्गत नवज्योति युवा परिवारले तारकेश्वर युथ क्लबलाई ५३ रनले पराजित गर्‍यो । ९२ रनको लक्ष्य पछ्याएको तारकेश्वर ३८ रनमा अलआउट भयो । प्लेयर अफ द म्याच घोषित नवज्योतिका सिचम खनालले अविज्ती ४५ रन बनाए।

त्यसैगरी चौथो खेलमा समुह ‘बी’ अन्तर्गत किंग्स क्रिकेट एकेडेमीले नेक्सस क्रिकेट एकेडेमीलाई २ विकेटले पराजित गर्‍यो । ५१ रनको लक्ष्य पछ्याएको किंग्सले ९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । प्लेयर अफ द म्याच घोषित किंग्सका आश्रय अधिकारीले १ विकेट लिनुको साथै अविजित २२ रन बनाए।

पाँचौं खेलमा समुह ‘ए’ अन्तर्गत चक्रवर्ती ल कलेजले तारकेश्वर युथ क्लबलाई ७ विकेटले पराजित गर्‍यो। तारकेश्वरले दिएको ३० रनको लक्ष्य चक्रवर्तीले ३ ओभरमा विकेट नगुमाई भेटायो। प्लेयर अफ द म्याच घोषित चक्रवर्तीका इमामुल हकले १४ र बनाउनुको साथै १ विकेट पनि लिए।

छैटौं तथा अन्तिम खेलमा समुह ‘बी’ अन्तर्गत दोस्रो जित दर्ता गर्ने क्रममा किंग्स क्रिकेट एकेडेमीले स्टुडियो सेभेनलाई ३ विकेटले पराजित गर्‍यो। स्टुडियो सेभेनले दिएको ४६ रनको लक्ष्य किंग्सले ८.३ ओभरमा भेटायो। प्लेयर अफ द म्याच घोषित किंग्सका प्रसिद्ध श्रेष्ठले ३ विकेट लिए।

प्रतियोगिता अन्तर्गत दोस्रो दिन शनिबार ८ वटा खेल हुनेछन्। लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

स्युचाटार क्रिकेट लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय