+
+

विदेश पठाउने भन्दै ८० लाख बढी ठगी गरेको आरोपमा २ जना पक्राउ

विदेश पठाउने भन्दै ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १७:४४

२३ पुस, काठमाडौं । विदेश पठाउने भन्दै ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सप्तरीको बिष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाको सुलिकोट गाउँपालिका–४ का ३७ वर्षीय राजेश बराम छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

यदुवंशीले पोल्यान्ड पठाउने भन्दै ७२ लाख ४८ हजार १५० रुपैयाँ ठगी गरेको खुलेको छ ।

बरामले पनि पोल्यान्ड नै पठाउने भन्दै ८ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?