+
+

नागार्जुनमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १५:४१

२६ पुस, काठमाडौं । काठमाडौंको नागार्जुन नगरापलिकाल–६ स्थित ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबारे ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बा २ क ६०८८ नम्बरको जेसीबीले ठक्कर दिँदा नागर्जुन नगरपालिका–५ बस्ने पञ्च कुमारी तामाङकी छोरी अनुशाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

जेसीबीको ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय कार्यालय केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?