+

खो खो विश्वकप : महिलातर्फ नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

२०८१ माघ  ३ गते १८:३१ २०८१ माघ ३ गते १८:३१
खो खो विश्वकप : महिलातर्फ नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

३ माघ, काठमाडौं । भारतमा जारी खो खो विश्वकप २०८१ अन्तर्गत महिलातर्फ नेपालले शानदार प्रदर्शन गर्दै शतप्रतिशत जित निकालेको छ । योसँगै नेपाल समूहविजेता बन्दै क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपाल समूह सी मा सबै चार खेल जितेर समूह विजेताको रुपमा क्वाटरफाईनल पुगेको हो । बिहीबार भएको अन्तिम खेलमा बंगलादेशलाई ८४-२४ ले हराएर नेपाल समूह विजेता बनेको हो ।

खेलमा नेपालकी मानमती धामी उत्कृष्ट अट्याकर घोषित भइन् भने दीपा बिक उत्कृष्ट खेलाडी घोषित भइन् ।

नेपालले यसअघि भुटानलाई ९३-२४ ले पराजित गरेको थियो भने दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले पराजित गरेको थियो । त्यसैगरी श्रीलंकालाई ११०-१० ले पराजित गरेको थियो ।

पुरुषतर्फ पनि नेपाल क्वाटरफाईनल प्रवेश गरेको छ ।

खो खो विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय