+
+

काठमाडौं र भक्तपुरबाट जुवातास खेलेको आरोपमा १३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १२:२६

६ माघ, काठमाडौं । भक्तपुर र काठमाडौंबाट जुवातास खेलेको आरोपमा १३ जना पक्राउ परेका छन् ।

बुढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्ने मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा मिलन समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ४ सय २)रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी भक्तपुर नगरपालिका-१ चुनदेबीस्थित नरबहादुर खड्काको आरबिके सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

भक्तपुर सल्लाघारी बस्ने सिन्धुली कमलामाई नगरपालिका-७ घर भएका ५२ वर्षीय ओमबहादुर जोगीसमेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ६ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?