 
																			१३ माघ, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१७ मा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ ।
शनिबार राति साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काले बताए ।
घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा उनको राति २ः५० बजे मृत्यु भएको खड्काले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ । दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4