+
+

सिंहदरबार जाँदै रवि, सभामुखलाई पनि भेट्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते ११:२०

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदैछन् ।

संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछाने संसदीय दलको कार्यालयमा पुगेर सांसदहरूलाई भेट्न लागेका हुन् ।

रास्वपा स्रोतका अनुसार लामिछानेले आजै सभामुख देवराज घिमिरेलाई पनि भेट गर्दैछन् ।

‘सभापतिज्यू अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुग्नुहुनेछ,’ स्रोतले भन्यो, ‘उहाँले सभामुखलाई पनि आजै भेट्ने कार्यक्रम छ ।’

संसद् बैठक सुरु हुनुअघि सभापति लामिछानेले आफ्ना सांसदहरूलाई पछिल्लो समसामयिक अवस्था र खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।

लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?