+
+

विमानस्थलमा १६ किलो शंकास्पद वस्तु बरामद प्रकरणमा भारतीय नागरिक पनि समातिए

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते ११:४२
फाइल फोटो

१८ माघ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको १६ किलो शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तराखण्डका २५ वर्षीय भुपिन्द्र भण्डारी छन् ।

प्रहरीले ७ माघमा लागूऔषध जस्तो देखिने शंकास्पद बस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । विमानस्थल प्रहरीले समातेपछि उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा बुझाइएको थियो ।

त्यसक्रममा ब्यूरोको टोलीले थप एक भारतीयलाई पक्राउ गरेको ब्यूरोका एक अधिकृतले बताए । उनले बरामद भएको वस्तु एनेस्थेसिया पाउडर भएको दाबी गरेका छन् ।

प्रहरीले भने बरामद वस्तुलाई जाँचका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । हालसम्म रिपोर्ट आइनसकेको ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले बताए ।

प्रहरीका अनुसार, भारतबाट ल्याइएको त्यो वस्तु उनीहरुले हङकङ लैजान लागेका थिए । क्याथे प्यासिफिक एअरलाइन्सबाट हङकङ जान लागेका बेला नियमित जाँचमा त्यो वस्तु बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?