 
																			१८ माघ, काठमाडौं। उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद छल्न अध्यादेश नल्याएको बताएका छन् । शुक्रबार अर्थ समितिमा आयोजित छलफलमा उठेको प्रश्नको जफाव दिँदै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
उनले भने, ‘अध्यादेश गैरकानूनी र गैरसंवैधानिक अभ्यास होइन, संविधानले गरेको प्रबन्ध अनुरुप नै हामी अध्यादेशको बाटोमा हिँडेका हौं।’
अध्यादेश संविधानसम्मत रहेको भन्दै उनले सरकारले संसद छल्न सम्भव नै नरहेको बताए। उनले भने, ‘संसद छलेर अध्यादेशको जिवन रहन्छ त ? जबकी हाम्रो प्रावधान नै त्यो अध्यादेश ६० दिन भित्र संसदमा प्रस्तुत भएर पारित हुनुपर्छ।’
त्यसलाई पास वा फेल गर्ने अधिकार संसदमा रहेको भन्दै उनले संसदको अधिकार हनन् नभएको दाबी गरे। सरकारले सदन सुरु भएको पहिलो दिनमै टेबल गर्ने दाबी समेत उनले गरे ।
‘त्यसलाई पास गर्ने वा फेल गर्ने माननीय सदस्यहरुको अधिकार हो, त्यसलाई सरकारले सम्मान गर्छ,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4