+
+

‘राजागञ्ज’मा यस्तो छ आशा र निकिताको ‘क्यारेक्टर लुक्स’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २२ गते १४:५१

काठमाडौं । चैत १ गते प्रदर्शन तयारीमा रहेको दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’ले एक कीर्तिमान रच्ने पक्का छ । यो फिल्मको शीर्षमध्येको भूमिकामा ७ महिला कलाकारले अभिनय गरेका छन् ।

निर्माताले मंगलबार शीर्षमध्येका दुई अभिनेत्रीको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरेका छन् । अभिनेत्रीद्वय आशा मगराती र निकिता चाण्डकको क्यारेक्टर पोस्टर सार्वजनिक भएको हो ।

फिल्मको शीर्ष भूमिका इन्सपेक्टर पूजाको रोलमा आशा चित्रित छिन् । दर्शकले टिजरमार्फत यसअघि उनको लुक्स देखेको हुनुपर्छ । निकिताले इन्सपेक्टर ममताको भूमिका निर्वाह गरेकी छन् ।

सोमबार ५ प्रमुख अभिनेत्रीलाई चित्रण गर्दै क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो, जसमा ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव र आरती मण्डल थिए ।

ऋचाले हेडमास्टर सविता कोइराला, पशुपतिले मेनुका, गौमायाले रमा, पुष्पाले पत्रकार र आरतीले सरस्वतीको भूमिका निर्वाह गरेका छन् । नेपाली फिल्मको शीर्षमध्येको भूमिकामा यी ७ महिलालाई चित्रण गर्नु सम्भवतः पहिलोपटक हुनुपर्छ ।

महिला पात्रलाई ‘स्टेरियोटाइप’ शैलीमा सीमित तुल्याउने प्रवृत्तिलाई कटाक्ष गर्दै दीपकले पर्दामार्फत यो सन्देश दिने प्रयत्न गरेका छन् । भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको यो फिल्मलाई क्रिटिक निखिल अखिलले यसवर्षको अस्कर दाबेदार फिल्म ‘एमिलिया पेरेज’सँग तुलना गरेक छन् ।

आदि फिल्म्सका लागि रौनियार र मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले यो फिल्म निर्माण गरेका हुन् । फिल्मले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?