
२५ माघ, काठमाडौं । ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात भएको छ ।
बिहीबार राति ड्युटीमा खटिएका दुई प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ ।
‘सीसीटीभी फुटेजमार्फत व्यक्ति पहिचानको काम भइरहेको छ । पहिचान भइसकेपछि पक्राउ पर्छन्’, बोहोराले भने । मदिरा पिएको ५÷६ जनाको समूहले प्रहरीमाथि हातपात गरेको थियो ।
प्रहरीमाथि हातपात गर्ने व्यक्ति अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरु रहेको आशंका गरिएको छ । बोहोराले भने यसबारे पुष्टि गर्न बाँकी नै रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4