+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आइतबारदेखि

प्रथम महाअधिवेशन २७ देखि २९ माघसम्म आयोजना हुने

देशभरबाट १५ सय प्रतिनिधिले भाग लिने महाधिवेशनले ११ पदाधिकारीसहित ९९ केन्द्रीय समिति चयन गर्ने जानकारी दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २६ गते १९:११

२६ माघ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन भोलिबाट हुने भएको छ ।

२९ माघसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार पाँच सय प्रतिनिधि सहभागी हुने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवस्थापन समितिका संयोजक हिसिला यमीले आइतबारदेखि सुरु हुने प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइन् ।

‘हाम्रो पार्टीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म आयोजना हुने प्रथम महाअधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिनुहुनेछ,’ संयोजक यमीले भनिन् ।

महाधिवेशनले ११ पदाधिकारीसहित ९९ केन्द्रीय समिति चयन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । संयोजक यमीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिने बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?