२७ माघ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
आलापोटस्थित सडकमा बागमती प्रदेश ०२–०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा ७१ प १४७१ नम्बरको मोटरसाइक्ल आपसमा ठोक्किएका थिए ।
शनिबार राति दुर्घटना हुँदा बागमती प्रदेश ०२–०३७ प ०९०३ नम्बरको मोटरसाइकलका चालक उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २१ वर्षीय राजन कटुवालको मृत्यु भएको हो ।
दुर्घटनमा गम्भीर घाइते उनी नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।
बा ७१ प १४७१ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4