 
																			
११ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आफ्नो निर्वाचन क्षेत्रमा परेको बजेट कार्यान्वयनमा जान नसकेको बताएका छन् ।
पराजुली काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद हुन् ।
‘मेरो निर्वाचन क्षेत्रमा परेको कुनै पनि संघीय बजेट हालसम्म कार्यान्वयनमा जान सकेका छैनन्’ उनले प्रतिनिधि सभामा शून्य समयमा बोल्दै भने ।
सरकारलाई उनको प्रश्न छ, ‘तपाईंहरूका जनप्रतिनिधि रहेका क्षेत्रका जनता मात्र जनता हुन् ? होइन भने यो बजेट कार्यान्वयनमा अवरोध किन र केका लागि ? अवरोध हटाई योजना कार्यान्वयन गर्न स्पष्ट निर्देशन कहिले दिने सरकार ?’
काठमाडौं महानगरपालिकाबाट सञ्चालित १६ वडाको म्हेपी क्षेत्र लगायत सबै ठाउँमा धुलो रहित सडक निर्माण तथा अन्य विकास योजना विगत डेढ महिनादेखि ठप्प भएको उनले बताए ।
उनी भन्छन्, ‘यस्तो अवस्था किन भनेर बुझ्दा सरकारले स्थानीय सरकारको काममा अवरोध खडा गर्दै, लामो समयदेखि प्रशासकीय प्रमुख उपलब्ध नगराएर आर्थिक नाकाबन्दी जस्तो अवस्था सिर्जना गरेको देखियो ।’
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4