+
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप :

म्यानमारसँग खेल्ने नेपालको टोलीमा तीन परिवर्तन

२०८१ फागुन  ११ गते १७:१८ २०८१ फागुन ११ गते १७:१८
म्यानमारसँग खेल्ने नेपालको टोलीमा तीन परिवर्तन

११ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेल्दै छ ।

केहीबेरमा दशरथ रंगशालामा सुरु हुने खेलका लागि नेपालले अघिल्लो खेलबाट तीन परिवर्तन गर्दै प्लेइङ ११ सार्वजनिक गरेको छ । कप्तान एन्जिला सुब्बासहित तीन खेलाडी बेन्चमा छन् ।

अघिल्लो खेलबाट एन्जिला, बिमला चौधरी र रेखा पौडेल बेन्चमा रहँदा अन्जना रानामगर, रश्मीकुमारी घिसिङ र सरु लिम्बु पहिलो रोजाइमा खेल्न लागेका हुन् । कप्तानको जिम्मेवारी रेनुका नगरकोटेलाई दिइएको छ ।

हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् । त्यसकारण यस खेल फाइनलअघिको वार्म-अप सरह हुनेछ ।

म्यानमारले लेबनानलाई ३-१ तथा कीर्गिस्तानलाई ५-० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १-० गोलअन्तरले हराएको थियो ।

नेपालले यसअघिका दुई खेलमा विपक्षीलाई जम्मा एक गोलले मात्र हराएको थियो । फिनिसिङमा कमजोर देखिएको नेपालका लागि फाइनलमा उही टोलीसँग खेल्नुअघि यो खेल राम्रो तयारी हुन सक्छ ।

नेपालको लाइनअप :

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय