११ फागुन, काठमाडौं । श्याम बियाडीको निर्णयाक गोलसँगै सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसन जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
गौरीगंगा–११ स्पोर्ट्स क्लबको मैदानमा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले कर्णाली प्रदेश फुटबल एसोसिएसनलाई १–० ले पराजित गरेको हो। सुदूरपश्चिमको जितमा श्यामले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो।
खेलको म्यान अफ द म्याच भने गोलकिपर कुम्बा देउवा रहे। सुदूरपश्चिमले मधेश प्रदेशको नव नागृति युथ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। कर्णालीले भने आयोजक गौरीगंगालाई पाखा लगाएको थियो।
अब सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी प्रदेशको राइजिङ स्टार फुटबल क्लब र बागमती प्रदेशको लक्की स्टार क्लबबीच सोमबार हुने खेलको विजेतासँग खेल्नेछ।
 
                    










 २०८१ फागुन  ११ गते २२:५५
                        २०८१ फागुन  ११ गते २२:५५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4