१२ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीमाथि सहज जित हासिल गरेको छ । लिभरपुलले सिटीलाई २-० ले हराएको हो ।
सिटीको मैदानमा लिभरपुललाई जिताउन मोहमद सालाह र डोमिनिक सोबोस्लाइले १-१ गोल गरे । दुवै गोल पहिलो हाफमै भएका थिए । बल पोसेसनमा पकड राख्दै थुप्रै अवसरहरू सिर्जना गरेपनि सिटीका लागि सफल हुन सकेन ।
१४औं मिनेटमा सोबवस्लाईको पासमा सालाहले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा सालाहको पासमा सोबोस्लाईले गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यसपछि दोस्रो हाफमा थप गोल नहुँदा लिभरपुल २-० ले विजयी भयो । जितपछि शीर्षस्थानको लिभरपुलको २७ खेलमा ६४ अंक भएको छ र पराजित सिटी ४४ अंकसहित चौथो स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा न्युकासलले नोटिङहाम फरेस्टमाथि ४-३ गोलको रोमाञ्चक जित निकाल्यो ।
 
                    










 २०८१ फागुन  १२ गते ७:४४
                        २०८१ फागुन  १२ गते ७:४४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4