+
+
Shares

फोहोरले छोपेको अवस्थामा सुकेधारामा भेटिएको थियो शव

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, अहिले घटनास्थल आसपासको सीसी टीभी फुटेज लगायतका अन्य प्राविधिक पक्षको विश्लेषण गरेर थप जाँच भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १७:०९

१५ फागुन, काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक फोहोरले छोपेको अवस्थामा शव भेटिएको खुलेको छ ।

शव नदेखियोस् भन्ने हिसाबले पुरानो शौचालयमा फोहोरले छोपेर लुकाएको जस्तो प्रारम्भिक जाँचमा देखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

बुधबार राति धोबिखेला करिडोर नजिक ओलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थायी घर भएका ५० वर्षीय अड्विर राईको शव भेटिएको थियो ।

शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी निरञ्जन थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । काठमाडौं प्रहरीका अनुसार, सोको अफिसरसहित त्यहाँ पुगेको टोलीले फोहोर हटाएर शव निकालेको थियो ।

‘त्यसक्रममा मृतक शवलाई सुरक्षित स्थानमा राखेर जाँच गर्दा टाउको, निधार र नाकमा धारिलो हतियार प्रहार गरेको जस्तो देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘प्रारम्भिक जाँचपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएका छौं ।’

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, अहिले घटनास्थल आसपासको सीसी टीभी फुटेज लगायतका अन्य प्राविधिक पक्षको विश्लेषण गरेर थप जाँच भइरहेको छ ।

शंकास्पद देखिएपछि यो प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समेत जाँच गरिरहेको छ ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले भने पोष्टमार्टम जाँचपछि नै मृत्युको कारण खुल्ने र त्यसपछि विस्तृतमा थाहा हुने अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?