२८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा छन् ।
ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन् । यसअघि ए मा रहेका कुशल भुर्तेल बी मा समावेश छन् ।
ग्रेड बीमा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललितनारायण राजवंशी र अनिल साह छन् भने ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् ।
ग्रेड डी मा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, बिबेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव छन् ।
इमर्जिङमा सातै प्रदेशका १-१ जना छन् । इमर्जिङमा चार प्रदेशका खेलाडी पहिलेकै छन् भने तीन प्रदेशका खेलाडी परिवर्तन भएको छ । तीनमध्ये लुम्बिनीको देव खनाल र बागमतीको रिजन ढकाल ग्रेड सी मा बढुवा भएका छन् ।
बागमतीमा शुभ कंसाकार र लुम्बिनीमा सन्तोष यादव नयाँ छन् । गण्डकीमा यसअघि विपिन खत्री थिए भने अहिले अर्जुन कुमाल छन् ।
कोशीबाट दिपेश कँडेल, मधेशबाट रुपेश सिंह, कर्णालीबाट अर्जुन घर्ती र सुदूरपश्चिमबाट हेमन्धात मी इमर्जिङ क्याटेगोरीमा यथावत छन् ।
ग्रेड ए का खेलाडीहरूले १ लाख रुपैयाँ तलब पाउनेछन् भने ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइनेछ ।
ग्रेडिङ अंग्रेजी वर्षको सुरुको ६ महिनाका लागि लागु हुनेछ र त्यसपछि फेरि मुल्यांकन गरिने क्यानले जनाएको छ ।
प्रतिक्रिया 4