+

यी कारणले बिग्रिन सक्छ मिर्गौला, कसरी जोगाउने ?

२०८१ फागुन  २९ गते १९:०५ २०८१ फागुन २९ गते १९:०५
Shares
यी कारणले बिग्रिन सक्छ मिर्गौला, कसरी जोगाउने ?

हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार ‘विश्व मिर्गौला दिवस मनाइन्छ। यस दिवसले मिर्गौलासम्बन्धी रोगको रोकथाम, पहिचान र उपचारको महत्त्वबारे जनचेतना बढाउने लक्ष्य राख्छ। यस वर्ष मार्च १३ मा मनाइने विश्व मिर्गौला दिवसको नारा ‘के तपाईंको मिर्गौला ठिक छ? चाँडै पत्ता लगाउनुहोस्, मिर्गौला स्वास्थ्यलाई सुरक्षित राख्नुहोस’ भन्ने रहेको छ ।

जसले, मिर्गौला स्वास्थ्यका लागि प्रारम्भिक पहिचान र हस्तक्षेपको महत्त्वलाई जोड दिन्छ।

मिर्गौलाले के गर्छ ?

मिर्गौला शरीरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये एक हो। यसले रगत सफा गर्ने, शरीरबाट विषाक्त पदार्थहरू हटाउने, पानी र खनिजहरूको सन्तुलन कायम राख्ने र रक्तचाप नियन्त्रण गर्ने महत्त्वपूर्ण भूमिका खेल्छ। यदि मिर्गौलाले ठिकसँग

काम नगर्ने हो भने, शरीरमा विषाक्त पदार्थहरू जम्न थाल्छन्, जसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

मिर्गौला रोग किन लाग्छ ?

मिर्गौला सम्बन्धी रोग विभिन्न कारणले उत्पन्न हुन सक्छन्, जसमध्ये प्रमुख कारणहरू निम्नानुसार छन ।

मधुमेह

उच्च मधुमेह अनियन्त्रित हुँदा मिर्गौलामा क्षति हुन सक्छ।

उच्च रक्तचाप

रक्तचाप असन्तुलित हुँदा मिर्गौलाको कार्यक्षमता कमजोर हुन सक्छ।

अस्वस्थ जीवनशैली

प्रशस्त पानी नपिउने, धूम्रपान तथा मद्यपान गर्ने, अति नुनिलो र प्रशोधित खाना खाने बानीले मिर्गौलामा समस्या निम्त्याउन सक्छ । प्रशस्त निद्रा नहुँदा, बढी तनावले पनि मिर्गौला रोगको जोखिम बढाउँछ ।

औषधिको अत्याधिक सेवन

केही पेनकिलर वा एन्टिबायोटिक्सहरूको अनियन्त्रित प्रयोगले मिर्गौलामा असर पार्न सक्छ।

मिर्गौला जोगाउन के गर्ने?

– दैनिक कम्तिमा २-३ लिटर पानी पिउँदा मिर्गौलाको कार्यक्षमता राम्रो रहन्छ।

– हरियो सागसब्जी, फलफूल, कम नुन तथा कम तेलयुक्त खाना खाने।

– दैनिक कम्तिमा ३० मिनेट व्यायाम गर्दा रक्तचाप नियन्त्रण हुन्छ।

– धूम्रपान र मद्यपानको दुर्व्यसनले मिर्गौलामा गम्भीर असर पार्छन्। त्यसैले, सकेसम्म खानु हुँदैन ।

– यदि मधुमेह वा उच्च रक्तचाप छ भने, नियमित रूपमा मिर्गौलाको परीक्षण गराइराख्नुपर्छ।

मिर्गौला
डा. अनिलपुकार साह
लेखक
डा. अनिलपुकार साह
कन्सल्टेन्ट युरोलोजिस्ट

मेडिकल काउन्सिल दर्ता नम्बर : १६१५१ एमबीबीएस (गोल्ड मेडलिस्ट), एफसीपीएस हाल वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय