+

नागरिक आरोग्य सेवा ७५३ वटै पालिकामा बिस्तार गर्ने योजनामा छौँ : स्वास्थ्य मन्त्री पौडेल

२०८१ चैत  २२ गते १३:४१ २०८१ चैत २२ गते १३:४१
नागरिक आरोग्य सेवा ७५३ वटै पालिकामा बिस्तार गर्ने योजनामा छौँ : स्वास्थ्य मन्त्री पौडेल

२२, चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै स्थानीय तहमा बिस्तार गर्ने बताए । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बूढानीलकण्ठको सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई सबै पालिकामा बिस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको जानकारी दिए।

उनले आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने कोसिसमा सरकार रहेको बताए। नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्‍याउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता जनाए।

आयुर्वेद नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति भएको उनले उल्लेख गरे । आयुर्वेद नेपालको संस्कृति र सभ्यता भएको भन्दै उनले नेपाल आयुर्वेद क्षेत्रको हब बन्नुपर्ने बताए। मन्त्री पौडेलले आयुर्वेद नेपालबाटै उत्पत्ति भएको हो भन्नेकुरा विश्वलाई बुझाउन सक्नुपर्नेमा जोड दिए।

‘५ वर्षअघि क्यान्सर हुनेहरूको संख्या कति थियो र आज कति छ ? आज सर्भाकल क्यान्सरबाट मृत्यु हुने महिलाको संख्या दिनमा ४ जना छ’ मन्त्री पौडेलले भने, ‘आज भन्दा १५ वर्ष अगाडि यस्तो थिएन।’

अटिजमको समस्या भएकाहरूको संख्या आज भन्दा ५ वर्षअगाडि जति थियो, आज तीन गुणा बढेको बढेको मन्त्री पौडेलले सुनाए । यसरी नै बिरामी बढ्दै जाने हो भने उपचार सेवा उपलब्ध गराउने कुरा असाध्यै कठिन हुने उनको भनाइ छ।

‘राज्यले थेग्नै नसक्ने गरी भार बढ्ने स्थिति हुन्छ’ मन्त्री पौडेलले भने, ‘त्यसो हुनाले हामीले बिरामी बढाउने होइन। बिरामी हुनै नदिने उपाय कसरी खोज्न सकिन्छ।’

निरोगी नेपाली वा नेपालीलाई रोग लाग्न नदिन के-के उपाय अपनाउन सकिन्छ, त्यसमा कोसिस गरिरहेको मन्त्री पौडेलले बताए। ‘हामीले स्क्रिनिङको कार्यक्रम व्यापक ढंगले सञ्चालन गरेका छौँ’, मन्त्री पौडेलले भने, ‘आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने कोसिस गरिरहेका छौँ । हाम्रो नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्दैछ।’

यो पटकको बजेटमा नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्‍याउने गरी बजेट व्यवस्था गर्न लागेको उनले सुनाए ।

आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचार प्रणालीको बारेमा ज्ञान हुन सबै नेपालीलाई आवश्यक रहेको मन्त्री पौडेलले बताए ।

‘यो हाम्रो जीवनपद्धति हो । यो हाम्रो सँस्कृति र सभ्यता पनि हो’ मन्त्री पौडेलले भने, ‘आयुर्वेद विषयको नेपाल हब बन्नुपर्दथ्यो । नेपालबाटै यो उत्पत्ति भएको भन्नेकुरा संसारमा फिँजिनु पर्दथ्यो। ’

मन्त्री पौडेलले सरकारले बिरामी हुन नदिने उपायहरूको बारेमा खोजिगरिरहेको बताए ।

नागरिक आरोग्य सेवा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?