
२२ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा दिगो र भरपर्दो खानेपानी व्यवस्थापन सुनिश्चित गर्न योजनाको विकास र कार्यान्वयन गर्ने दिशामा ठोस पाइला चालिने बताएका छन् ।
तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा दीर्घकालीन खानेपानीको व्यवस्थापनका लागि खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच शुक्रबार भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले दीगो खानेपानी योजनाहरूको विकास र कार्यान्वयन ठोस पाइला चालिने बताए ।
‘मधेसमा चापाकल सुक्दै गएको अवस्था छ । गर्मी मौसमा पानीको हाहाकार हुने गरेको छ,’ मन्त्री यादवले भने, ‘आज नेपाल सरकारका दुई महत्वपूर्ण मन्त्रालयबीच पारस्परिक समझदारी पत्रमा हस्ताक्षर गरि औपचारिक रूपमा आदान–प्रदान गरिएको छ । अब पानीको समस्या समाधान हुने छ ।’
यसैगरी उनले आजको यो विशेष दिन, तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा दिगो र भरपर्दो खानेपानी व्यवस्थापन सुनिश्चित गर्नका निम्ति नेपाल सरकारका दुई महत्त्वपूर्ण मन्त्रालयहरू खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच पारस्परिक समझदारी पत्रमा हस्ताक्षर गरि औपचारिक रूपमा आदान–प्रदान गरिएको कुरा आफैंमा निकै खुसीको विषय भएको बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज गरिएको समझदारी पत्र हस्ताक्षरले खानेपानीको समस्या समाधानका लागि एक विशेष महत्व राख्ने तथा सिँचाई, विद्युत उत्पादनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
यस सम्झदारी पत्रले भविष्यमा संघीय, प्रदेश र स्थानीय तहसँग समन्वय गरी, प्राविधिक तथा नीतिगत रूपमै एकीकृत र दीगो खानेपानी योजनाहरूको विकास र कार्यान्वयन गर्ने दिशामा ठोस पाइला चालिने विश्वास लिइएको छ ।
उक्त समझदारी पत्रमा २४ वटा बुँदाहरू समावेश गरिएका छन् ।
प्रतिक्रिया 4