 
																			२६ चैत, काठमाडौं । विभिन्न ठाउँमा भइरहेका प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वर–माइतीघर सडकखण्ड, बल्खु क्षेत्र, शान्तिबाटिका–बालुवाटार सडकखण्ड र जावलाखेल–माइतीघर सडकखण्डमा प्रदर्शन भइरहेको छ ।
जसका कारण यी क्षेत्रका सवारीसाधन आवतजावतमा समस्या भएको हो ।
नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् । त्यस्तै, बल्खु क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शन गरिरहेको छ ।
उता, शान्तिबाटिका–बालुवाटार सडकखण्डमा सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले प्रदर्शन गरिरहेका छन् ।
राष्ट्रिय जनमोर्चाले भने जावलाखेलबाट जुलुश निकालेर अहिले माइतीघरतर्फ अघि बढिरहेको छ ।
हेर्नुस् बबरमहल क्षेत्रको अस्तव्यस्त ट्राफिक व्यवस्थापन :

 
  
 

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4