+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

६० लाख लुटपाट प्रकरण : पक्राउ परेका २ जनालाई छाडियो, १८ जनाविरुद्ध ७ दिन म्याद थप

काठमाडौं जिल्ला अदालतबाट १८ जनाविरुद्ध ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । पक्राउ परेका मध्ये २ जनाको भने लुटपाटमा संलग्नता नदेखिएको भन्दै छाडिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १८:३५

३१ चैत, काठमाडौं। काठमाडौं महानगरपालिका–३२ मनहरा जडिबुटी टाउनप्लानिङबाट ६० लाख रुपैयाँ लुटिएको प्रकरणमा पक्राउ परेका १८ जनाविरुद्ध म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतबाट १८ जनाविरुद्ध ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । पक्राउ परेका मध्ये २ जनाको भने लुटपाटमा संलग्नता नदेखिएको भन्दै छाडिएको छ ।

२७ चैतको राति करिब ९ बजेतिर जग्गा बैना गर्न भन्दै बोलाएर रितेश लामाको ६० लाख रुपैयाँ लुटिएको थियो ।

बौद्ध बस्दै आएका ४२ वर्षीय लामाले कारमा दुई वटा झोलामा राखेर ६० लाख रुपैयाँ लिएर गएको बताएका थिए ।

म्याद थप हुनेहरुमा काठमाडौं लोलाङका २३ वर्षीय राज पराजुली, रामेछापका २३ वर्षीय प्रभास केसी भन्ने हरिराम खत्री, २० वर्षीय राजेश भण्डारी, २८ वर्षीय सार्की माझी, उत्तम मगर, राजु मगर, टिकाबहादुर मगर, रमेश बहादुर मगर, लबबहादुर मगर, रुपक थापा मगर, सागर मगर छन् ।

त्यसैगरी काठमाडौं लोलाङका सुयोज लामा, सोलुखुम्बुका कुशल बस्नेत, काभ्रेका रन्जित लामा, काभ्रेकै दावा लामा, काभ्रेका बाबु तामाङ, सुजन लामा, सिन्धुपाल्चोकका रिबेल कुमार तामाङ छन् ।

उनीहरुबाट लुटिएको ३० लाख १ हजार र २ थान स्कुटर र १ थान मोटरसाइकल बरामल भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?