+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बनेपा फिल्म स्टुडियोको ठेक्का स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १८:२४

काठमाडौं । बनेपामा निर्माण हुन लागेको इन्डोर फिल्म छायांकन स्टुडियोको लागि पहिलो चरणको ठेक्का स्वीकृत भएको छ । भवन निर्माणको लागि आह्वान गरिएको १० करोड लागतको टेन्डरका लागि ९ ठेकेदार कम्पनीले आवेदन दिएका थिए ।

चलचित्र विकास बोर्डले काभ्रेका ठेकेदार कम्पनी यु एण्ड एस, एनएस, रेग्मी जेभी माझि फेडालाई बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ । ती कम्पनीले संयुक्तरुपमा टेन्डरको आवेदन दिएका थिए ।

स्वीकृत गरिएको कम्पनी उपर दावीविरोध नभए यी कम्पनीले टेन्डर पाउने कुराको निधो हुनेछ । भवन निर्माणको लागि १० करोड लागतको टेन्डर खुलाइएपनि उक्त कम्पनीले सबैभन्दा कम ५ करोड ३६ लाख रुपैयाँको लागत पेश गरेको थियो । योसँगै स्टुडियो निर्माणको कार्य अघि बढेको छ । ठेक्काको काम टुंगो लागेपछि शिलान्यासको तयारी छ ।

बोर्ड अध्यक्ष दिनेश डीसीले वर्षौंदेखि चलचित्रकर्मीले देखेको सपनाले मूर्तरुप पाउँदै गएको बताए । उनले भने, ‘नेपाली चलचित्र छायाङ्कनका लागि यो नेपालीकै भव्य स्टुडियो बन्नेछ । यो परियोजनाले स्वदेशी चलचित्र उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको छायाङ्कन स्थल उपलब्ध गराउनेछ ।’

२०८१ सालको असार २८ गतेको मन्त्रिपरिषद् बैठकले अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो । स्टुडियोको लागत ३९ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?