+

आईपीएलमा राजस्थानमाथि लखनउको रोमाञ्चक जित

२०८२ वैशाख  ६ गते २३:५१ २०८२ वैशाख ६ गते २३:५१
आईपीएलमा राजस्थानमाथि लखनउको रोमाञ्चक जित

४ वैशाख, काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकालेको छ । राजस्थानलाई २ रनले हराउँदै लखनउले पाँचौं जित निकालेको हो ।

लखनउले दिएको १८१ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा ९ रन आवश्यक रहँदा लखनउका बलर आवेश खानले ६ रन मात्र खर्चेर शिम्रोन हेटमायरको विकेट पनि लिएका थिए ।

आक्रमक सुरुवात गरेर कुनै समय सहज जित निकाल्ने अवस्थामा पुगेपनि राजस्थानले पराजित हुने बाटो खोजेपछि २ रनले पछाडि रह्‍यो । २४ बलमा ३३ रन आवश्यक हुँदा ८ विकेट पनि बाँकी रहेको राजस्थानले त्यसपछि निरन्तर विकेट गुमाएको थियो ।

ओपनर यशश्वी जैसवालले सर्वाधिक ७४ तथा कप्तान रियान परागले ३९ र वैभव सुर्यवंशीले ३४ रन बनाए । शिम्रोन हेटमायरले १२ रन बनाए ।

लखनउका आवेश खानले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुर र एइडेन मार्क्रमले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो । एइडेन मार्क्रमले सर्वाधिक ६६ तथा आयुष बदोनीले ५० रन बनाए । अब्दुल समदले ३० रन बनाए । उनले इनिङको अन्तिम ओभरमा सन्दीप शर्मालाई ४ छक्का हिर्काए ।

राजस्थानका वानिन्दु हसरङ्गाले २ विकेट लिँदा जोफ्रा आर्चर, सन्दीप शर्मा र तुषार देशपाण्डेले १-१ विकेट लिए ।

यस जितपछि ८ खेलमा १० अंक भएको लखनउ अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ भने ८ खेलमा ४ अंक भएको राजस्थान आठौं स्थानमा छ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय