+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १९:०४

७ वैशाख, जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्ला जिल्लावासीका समस्याको दीर्घकालीन, दिगो र प्रभावकारी समाधानका लागि संघीय सरकार पूर्णतः प्रतिबद्ध रहेको बताएका छन् ।

आज जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाको आयोजनामा सञ्चालित संयुक्त वृहत वास सम्मेलन तथा देवारगाँउ तल्लो बस्ती पूर्ण सरसफाई उन्मुख घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली भाषाको उत्पती भएको जिल्ला इतिहासको पानामा नाम लेखाएको जुम्ला जिल्लालाई विकासमा पछि नपारिने बताए ।

‘आज म पहिलो पटक देशको दुर्गम, हिमाली अनि नेपाली भाषाको उत्पती भएको जिल्ला जुम्लामा आएको छु । भौगोलिक रुपमा विगट जिल्ला भएपनि इतिहासमा यो जिल्लाको योगदान महत्वपूर्ण छ । यहाँको विकासका लागि संघीय सरकार पूर्णतः प्रतिबद्ध छ,’ उनले भने ।

यसैगरी मन्त्री यादवले विभिन्न कला, संस्कृतिको धनी जिल्ला जुम्लाको विकासका लागि आफ्नो पूर्ण साथ र सहयोग रहने तथा यहाँका नागरिकलाई शुद्ध, स्वच्छ अनि सफा पानी वितरण गर्ने आफ्नो जिम्मेवारी भएको बताए ।

‘म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने र मधेसमा मेरो घर भएपनि कर्णालीप्रति मेरो मायाँ छ । विकासका लागि अब कर्णाली पछाडी पर्ने छैन् । म सोही अनुसार यहाँ काम गर्ने छु । कर्णाली प्रदेश पछाडि परेको छैन । कर्णाली सहित जुम्लावासीलाई प्रयाप्त बजेट विनियोजन गरिने छ,’ उनले भने ।

१ अर्ब २५ करोडको लागतमा निर्माण भइरहेको जुम्लाको धौलीगाढ खानेपानी आयोजना एक वर्षमै निर्माण सम्पन्न हुने मन्त्री यादवको भनाइ थियो । ‘जग्गाको समस्याले उक्त परियोजना निर्माणका केही ढिलाई भएको हो । उक्त परियोजनामा बजेटको कमि हुने छैन । खानेपानी मन्त्रालयले सो परियोजनामा प्रर्याप्त बजेट विनियोजन गरेको छ । ढुक्क हुनुस् एक वर्षमा यो परियोजना निर्माण सम्पन्न हुनेछ,’ उनले भने ।

जुम्ला जिल्लामा सञ्चालनमा रहेका खानेपानीका डिपिआर परियोजना अगाडी बढेको र परियोजना सञ्चालनमा आएसँगै यहाँका नागरिकको समस्या दीर्घकालिन रुपमा समाधान हुने मन्त्री यादवले बताए ।

जुम्लाका नागरिकहरुका सडकका समस्या समाधानका लागि आफूले माथिल्लो निकाय सम्म पहल चाल्ने आश्वासन दिलाए । ‘सडक कालोपत्रका लागि म सम्माननीय प्रधानमन्त्री ज्यूसँग सल्लाह गर्ने छु । यहाँका नागरिकको सडकको समस्या समाधान गर्न मैले पहल गर्ने छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?