 
																						९ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिक्षकहरूलाई धम्की आएको भन्दै नेपाल शिक्षक महासंघले उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा केन्द्र रहेका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई बोर्डका पदाधिकारी र जिल्ला प्रशासनबाट धम्कीसहित परीक्षा प्रक्रियामा सामेल हुन दबाब आएको जनाएको छ ।
विगत २१ दिनदेखि काठमाडौंमा आन्दोलन जारी रहेको भन्दै महासंघले कक्षा १२ को परीक्षा प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरूला आग्रह समेत गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै कक्षा १२ को केन्द्र तोकिएका विद्यालयका केन्द्राध्यक्षहरूलाई काठमाडौं केन्द्रित सडक आन्दोलमा आउन आह्वान समेत गरेको छ ।
बोर्डले शिक्षक–कर्मचारी सहभागिता नभए पनि कक्षा १२ को परीक्षा ११ वैशाखदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको बोर्ड बैठकले सबै संयन्त्र प्रयोग गरेर तोकिएकै समयमा परीक्षा गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस् विज्ञप्ति :

 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4